पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो
पुस ८, २०८२वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ५९ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड रुपैयाँ बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने ३ खर्ब ६ अर्ब १ करोड रुपैयाँ मूल्यबराबरका सामान भित्रिएको थियो ।
सबै पढ्नुहोस