काठमाडौं उपत्यकामा जाडो बढ्यो, तापक्रम ३ डिग्री सेल्सियसमा झर्यो
पुस २१, २०८२काठमाडौं । काठमाडौं उपत्यकामा जाडो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा जाडफ बढेको हो । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।यसले गर्दा जाडो बढेको हो । मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा ३.७ डिग्री सेल्सियस र ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सियस मापन भएको छ ।
सबै पढ्नुहोस