×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

भोटेकोसी बाढीपीडितको सहयोगार्थ बागमतीमा रक्तदान कार्यक्रम सम्पन्न

भोटेकोसी बाढीपीडितको सहयोगार्थ बागमतीमा रक्तदान कार्यक्रम सम्पन्न

मकवानपुर । भोटेकोसी बाढीपीडितको सहयोगार्थ बागमती गाउँपालिका स्वास्थ्य शाखा, झुर्झुरेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

आज सोमबार सहिद स्मृति आधारभूत अस्पताल, कोइराला दमार, मकवानपुरमा आयोजित उक्त रक्तदान कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा विभिन्न  क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै रक्तदान गरेका थिए।

बाढीपीडितको सहयोगका लागि मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको समन्वय नेपाल रेडक्रस सोसाइटी, फापरवारी उपशाखाले गरेको थियो।

रक्तदान कार्यक्रममार्फत आवश्यकतामा रहेका बिरामीहरूलाई रगत उपलब्ध गराउनुका साथै प्राकृतिक विपद प्रभावित भोटेकोसी क्षेत्रका पीडितप्रति ऐक्यबद्धता र मानवीय सहयोगको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा बागमती गाउँपालिकामा कार्यरत जनप्रतिनिधि, कर्मचारी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले रक्तदानलाई जीवनदानका रूपमा लिँदै सामाजिक तथा मानवीय सेवामा सबैको साझा दायित्व रहने बताएका थिए।

कार्यक्रम बागमती गाउँपालिका स्वास्थ्य शाखा, झुर्झुरेको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी फापरवारी उपशाखाको समन्वयमा सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्