सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त
साउन १२, २०८३काठमाडौं । सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बन्दै गएको छ । अहिले सो क्षेत्रमा रहेको पसलमा लुटपाट तोडफोड र आगजनी भइरहेको छ । प्रहरी पनि सो क्षेत्रमा तैनाथ छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले आगजनी गरेको हो । उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छन् । प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् ।
सबै पढ्नुहोस