×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

स्वास्थ्य

२९ वर्षीय रामकुमार रोक्काको बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक अभाव, सहयोग जुटाउन परिवारको अपिल

२९ वर्षीय रामकुमार रोक्काको बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक अभाव, सहयोग जुटाउन परिवारको अपिल

काठमाडौँ । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ८, चिसापानी निवासी २९ वर्षीय रामकुमार रोक्काको जीवनरक्षाका लागि आर्थिक सहयोग गरिदिन परिवारजनले सबैसँग अपिल गरेका छन्।

रगतसम्बन्धी गम्भीर रोगबाट पीडित रोक्काको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सुरेश वाग्ले बिल्डिङमा उपचार भइरहेको छ। हालै स्वास्थ्य परीक्षणका क्रममा उनको रगत उत्पादन प्रक्रियासँग सम्बन्धित गम्भीर समस्या देखिएपछि चिकित्सकहरूले यथाशीघ्र बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन्।

काठमाडौँमा माइक्रो चालकका रूपमा काम गर्दै आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएका रोक्कालाई केही समयदेखि अत्यधिक थकान महसुस हुने तथा दाँतबाट रगत आउने समस्या देखिएको थियो। स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेपछि उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बोनम्यारो प्रत्यारोपण आवश्यक रहेको चिकित्सकहरूले बताएका परिवारले जनाएको छ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारको प्रक्रिया अगाडि बढाउन कठिनाइ भएको बताइएको छ। चिकित्सकको सल्लाहअनुसार बोनम्यारो प्रत्यारोपणका लागि भारत लैजानुपर्ने र उपचारमा करिब ४० देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको परिवारले जनाएको छ।

घरखेत बेचेर समेत आवश्यक रकम जुटाउन सम्भव नभएपछि परिवारले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग सहयोगको अपिल गरेको छ।

चिकित्सकको सल्लाहअनुसार यथाशीघ्र बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएकाले यस कठिन परिस्थितिमा मानवीय भावनाका साथ आफ्नो क्षमता अनुसार सानो वा ठूलो आर्थिक सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।

परिवारका अनुसार, सबैको सानो सहयोगले पनि रामकुमार रोक्काको उपचारमा ठूलो योगदान पुग्नेछ र उनको जीवन बचाउने आशा थपिनेछ।

सहयोगका लागि विवरण

बिरामीको नाम: रामकुमार रोक्का

उमेर: २९ वर्ष

रोग: बोनम्यारोसम्बन्धी गम्भीर समस्या

उपचार भइरहेको अस्पताल: त्रि.वि. शिक्षण अस्पताल, सुरेश वाग्ले बिल्डिङ

बैंक: सिद्धार्थ बैंक

खाता नम्बर: ५५५१२८०६१५६ खातावालाको

नाम: सुशीला रोक्का (बिरामीकी श्रीमती)

थप जानकारीका लागि

सुशीला रोक्का (बिरामीकी श्रीमती) सम्पर्क नम्बर: ९७४०२६६७९९

मानवीय सहयोगका लागि गरिएको सानो योगदानले पनि एउटा अमूल्य जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

प्रतिकृया दिनुहोस्